प्रदेश १ मा ५६० संक्रमित घर फिर्ता

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा विभिन्न अस्पताल र होम आइसोलेसनबाट ५६० कोरोना संक्रमित निको भई घर फर्केका छन् । निको हुनेको संख्या अहिलेसम्म १९ हजार ७८७ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यस्तै प्रदेशमा सोही अवधिमा गरिएको ८३३ जनाको पिसिआर परीक्षणमा ९९ महिलासहित २१८ संक्रमित थपिएका छन् । संक्रमितमा मोरङमा ८६ मध्ये विराटनगरमा ६८, सुनसरीमा ५४, झापामा ४४, पाँचथरमा ११, सङ्खुवासभामा चार, इलाममा तीन, उदयपुरमा दुई, धनकुटा र भोजपुरमा एक/एक र प्रदेश बाहिरका १२ जना रहेको मन्त्रालयले जनाएको छ । प्रदेशमा हालसम्म संक्रमितको संख्या २४ हजार ७३४ पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ८१ हजार ३६३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?