अमिताभ बच्चन र अजय देवगणसँग ‘मे डे’मा दखिँदै रकुल प्रीत

काठमाडौं । यू मी और हम र शिवाय पछि अभिनेता अजय देवगण एक पटक फेरि डाइरेक्टर बन्न लागेका छन् । उनी फिल्म मे डेको निर्देशन गर्दैछन् ।

उनको यस फिल्ममा अमिताभ बच्चन लीड रोलमा रहेका छन् । त्यस्तै फिल्ममा रकुल प्रीत सिंहले पनि अभिनय गर्ने भएकी छन् ।

साथै अजय देवगण पनि फिल्ममा अभिनय गर्दैछन् । यसको जानकारी अभिनेत्री रकुल प्रीतले स्वयं दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?