अक्षय कुमारद्वारा युट्युबरमाथि ५०० करोडको मानहानी केस दर्ता

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले एक युट्युबरमाथि ५०० करोड रुपैयाँको मानहानी केस दर्ता गराएका छन् ।

राशिद सिद्दिकी नामको यस युट्युबरमाथि उनले सुशान्तको मृत्युमाथि जोडिएका झुटो विवरण पोस्ट गरेको भन्दै मुद्दा दर्ता गराएका छन् ।

साथै भिडियोमा अक्षय कुमारले रिया चक्रवर्तीलाई क्यानडा भगाउन सहयोग गरेको बताइएको थियो ।

साथै भिडियोमा अक्षयले महाराष्ट्रका मुख्इमन्त्री उद्धव ठाकरे र उनका छोरा आदित्य ठाकरेसँग गोप्य कुरा गरेको आरोप भिडियोमा थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?