कपाल झर्ने समस्याबाट हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपाय

काठमाडौं । कपालले मानिसहरुलाई सुन्दर र आकर्षण देखाउँछ र सुन्दरतामा निखार ल्याउँछ । कसैलाई मन नपर्ला र ? सर्लक्क परेको कपाल । त्यसैले सबैले चाहन्छन् – आफ्नो कपाल सर्लक्क र राम्रो होस् भन्ने ।

सोहि कारण मानिसहरु आफ्नो कपाल राम्रो बनाउनको लागि मानिसले धेरै मेहनत गर्छन् ।

तर कहिलेकाहीँ आफूले सोचेअनुरुप भइदिँदैन । विभिन्न कारणले गर्दा कपालमा अनेकौँ समस्या निम्तन सक्छ । जुन पायो त्यही सौन्दर्य सामग्रीको प्रयोग गर्दा पनि कपालको चमक हराउँछ । कपाल झर्ने, हाँगा पलाउने, टुक्रिने जस्ता समस्या अधिकांशको हो ।

यस्तो समस्याले धेरैलाई सताएको पाइन्छ । हालसालै गरीएको एक अध्ययन अनुसार, दैनिक करीब १०० वटा कपाल झर्नु सामान्य कुरा हो तर, तपाईंलाई त्यो भन्दा धेरै झरेको जस्तो लाग्छ भने त्यो चाहि चिन्ताको कुरा हो ।

यदी कपाललाई प्राकृतिक तरीकाले हेरचाह गर्यौं भने कपाल झर्ने, कम उमेरमै कपाल फुल्ने, चाँया पर्ने जस्ता कुराबाट बच्न सकिन्छ । सहि तरीकाले कपालको हेरचाह नगर्दा आजकाल धेरै महिला पुरुषलाई कपालको समस्या सताएको पाइन्छ ।

यदि तपाई पनि यो समस्याबाट हैरान हुनुभएको छ भने हामी तपाईलाई यस समस्याबाट मुक्ति मिल्ने घरेलु उपाय दिँदै छौं । जुन तपाईले अपनाउनु भयो भने सो समस्याबाट मुक्ति पाउन सक्नुहुनेछ ।

१. दहीमा कागतीको रस मिसाएर नुहाउने गर्नुहोस् । यसो गर्नाले कपाल झर्नबाट बचाउन सकिन्छ ।

२. अमला टुक्रा बनाउने र त्यसमा नरिवलको तेल राखेर एकछिन घाममा राखेर तातो बनाउने । सेलाएपछि यसलाई बिस्तारै कपालको जरामा लगाउने । यसो गर्दा पनि कपाल झर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

३. अण्डाको पहेँलो भागलाई निकाल्ने र त्यसलाई २ मिनेटजति घोल्ने । घोलिसकेपछी उक्त त्यसलाई कपालमा लगाउने । यसले कपाललाई मजबुत बनाउँछ ।

४. ग्रीन टिलाई पानीमा उमाल्ने र त्यसलाई एक घण्टासम्म सेलाउन दिने । सेलाएपछि त्यो रसमा कागतीको रस मिसाउने । त्यसपछि ग्रीन टी र कागतीको रस मिसाइएको घोललाई कपालमा लगाउने । यसले पनि कपाल झर्नबाट रोक्छ ।

५. घ्यू कुमारीमा रहेको चिल्लो पदार्थ निकालेर कपालमा लगाउने र आधा घण्टा पछि सफा पानीले पखाल्ने । यस्तो गर्दा कपाल झर्ने समस्यामा कमि आउँछ ।

६. अनारको बोक्रालाई मसिनो हुने गरि पिसेर कपालमा लगाउनाले पनि कपाल झर्ने समस्या हट्दै जान्छ ।

७. प्याज काटेर टुक्रा-टुक्रा पार्ने र शुद्ध पानीमा राखेर त्यसलाई उमाल्ने । र त्यसलाई निकालेर त्यसै छाडिदिनुहोस् । पानीमा प्याजको कलर आएपछि त्यसमा कागतीको रस मिसाएर त्यसले कपालमा मसाज गर्ने । यसो गर्दा पनि कपाल झर्ने समस्याबाट मुक्ति पाउन सकिन्छ ।

के नगर्ने ?
१. यदि तपाईले नियमित रुपमा एन्टी ड्यान्ड्रफ स्याम्पु लगाएर नुहाउने गर्नुहुन्छ भने त्यसलाई रोकिदिनुहोस् । एन्टी ड्यान्ड्रफ स्याम्पु धेरै समयसम्म प्रयोग गर्दा त्यसले तपाईको कपाल लाई कमजोर र टाउकोको छाला चिल्लो बनाउँछ जस्ले गर्दा त्यस ठाउँमा फेरी कपाल पलाउदैन । त्यसैले यसको प्रयोग महिनाको एक पटक मात्र गर्नुहोस् ।

२. विभिन्न किसिमका रंग नलगाउने । रंगले कपालको सुन्दरतामा खराबी ल्याउँछ ।

३. स्ट्रेट गर्नाले कपाल खराब हुन्छ अक्सर महिलाहरुले पार्लरमा एकै समयमा कपाललाई स्ट्रेटनिंग र कलरिंग ट्रिटमेन्ट गरीरहेको देख्न सकिन्छ तर तपाईं आफ्नो कपाल साँच्चै नै राम्रो होस् भन्ने चाहनुहुन्छ भने यस्तो नगर्नुहोस् ।

४. नुहाएपछि कपाल राम्ररि सुक्न दिएर मात्र कोर्ने । अफिसको हतारले गर्दा धेरै मानिसले नुहाउनासाथ कपाल कोर्ने बानी हुन्छ । तर, यो बानी राम्रो होइन । त्यसैले कपाल पुर्णरुपमा सुकेपछी मात्र कपालमा काईयो लगाउने गर्नुहोस् ।

५. हेड रोलर्सको प्रयोग धेरै नगर्ने । कपाललाई कर्ली बनाउन रातभरी हेड रोलर्स राखेर नछोड्नुहोस् । तपाईं को कपालमा त्यसको अधिकतम समय ३र४ घन्टा मात्र हुन्छ । धेरै समय राख्दा तपाईको कपाल रोलर्समा फसेर टुट्छ र कपाललाई कमजोर बनाउछ ।

६. बाईक वा स्कुटर वा यात्रा गर्दा वा सवारीको यात्रा होस् यात धेरै हावा चलेको ठाउँ । कपालमा धेरै हावा पारिरहनुभयो भने झुर्रर्र हुने समस्या हुन्छ ।

कपाल जोगाउन गर्न नहुने ५ कुरा 

१. कपाललाई कसिलो तरिकाले बाँध्नु

कपाललाई कसिलो गरी बाँध्नाले कपालमा एकदमै नराम्रो असर पर्दछ । त्यसैले गर्दा कपाल राम्रो तरिकाले बढ्न पाउँदैन । यसको नतिजा कपाल झर्न सक्छ ।

२. गलत डाइट लिनु

कपालको वृद्धिका लागि भिटामिन, मिनरल्स र प्रोटिन जरुरी हुन्छ । तर, जंकफुड बढी खानाले हामीलाई पर्याप्त पोषण मिल्दैन । यसले पनि कपाल रुखो हुने सम्भावना रहन्छ ।

३. हेयर स्टाइलिङ मेसिनको प्रयोग

हेयर ड्राई र हेयर कलरिङ मेसिन दिनहुँ प्रयोग गर्दा पनि कपाललाई नोक्शानन पुर्याउँछ । यसले गर्दा कपाल झर्ने समस्या देखापर्छ ।

४. हाइजिन नहुनु

महिलाले हप्तामा दुई पटक र पुरुषले तीन पटक श्याम्पुको प्रयोग गर्नुपर्छ । कपालमा फोहोर जम्मा भएपछि चायाको समस्या हुन्छ ।

५. चिसो कपालमा काइँयो

नुहाउनसाथ कपालको जरा कोमल हुन्छ । यस्तो अवस्थामा नुहाउनसाथ तत्काल कपाल कोर्दा कपाल टुक्रिने समस्या हुन्छ । कपालमा हाँगा आउने समस्या पनि हुन सक्दछ

६. धेरै तेल लगाउनु

कपालमा आवश्यकताभन्दा बढी तेल लगाउनु पनि हानिकारक मानिने गर्दछ । यसले छालको छिद्र बन्द हुन्छ, जसले कपालमा नराम्रो असर पुग्छ ।

७.तातो पानीले नुहाउनु

धेरैजसो जाडो मौसममा तातो पानीले कपाल नुहाइन्छ । तर, यसले कपालको सौन्दर्यमा असर पुर्याउँछ । मनतातो पानीले नुहाउनु सामन्य मानिएपनि तातो पानीको प्रयोग धेरै गर्न हुँदैन। यसले कपालको प्राकृतिक तेल नष्ट गर्दछ ।

८. रसायनको प्रयोग

हेयर स्टाइल बनाउनका लागि प्रयोग गरिने स्प्रेमा रसायन हुन्छ । यसको बढी प्रयोगले कपाल झर्ने समस्या हुन्छ ।

(एजेन्सी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?