काठमाडौं । आमीर खानको फिल्म लाल सिंह चड्ढामा बलिउडका तीन खान, शाहरुख, आमीर र सलमान खान देखिने भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
आमीर खानको लीड रोल रहेको फिल्ममा शाहरुख र सलमान पनि एकसाथ देखिन लागेका हुन् ।
यस वर्षको क्रिसमसमा रिलिज हुने भनिएको फिल्म कोरोना महामारीले रोकिएको थियो । अहिले यसको शूटिङ चलिरहेको छ ।
शाहरुखले फिल्ममा गत महिना शूटिङ गरेका थिए । सलमान पनि फिल्ममा देखिने बताइएको छ । उनलाई आमीरले फिल्ममा अभिनय गर्नका लागि कुरा गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया