स्ट्राइकर मोहम्मद सालाह र अल नानीलाई दोश्रो पटक कोरोना संक्रमण

काठमाडौं, इजिप्ट र इग्लिश क्लव लिभरपूलका स्टार स्ट्राइकर मोहम्मद सालाह र आर्सनलका मिडफिल्डर मोहम्मद अल नानीको कोरोना रिपोर्ट दोश्रो पटक पनि पोजेटिभ आएको छ ।

इजिप्टियन फुटबल एसोसिएशनले बुधवार यसाको पुष्टि गरेको हो । सालाह १४ नोभेम्बरमा पहिलो पटक कोरोना संक्रमित भएका थिए ।

त्यो बेला उनी आफ्नो देशको तर्फबाट अफ्रिका कपमा खेलिरहेका थिए । त्यस्तै अल नानीलाई त्यसको ३ दिन पछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?