गरगहना किन्दै हुनुहुन्छ ? यस्तो छ आज सुनचाँदीको बजारभाउ

काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

बुधवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार १ सय कायम भइ कारोवार भइरहेको थियो । भने आज तोलामा ७ सयले गिरावट आइ प्रतितोला सुन ९४ हजार ४ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै बुधवार प्रतितोला तेजावी सुनको मूल्य ९३ हजार ९ सय रहेको छ ।

महासंघका अनुसार आज चाँदीको प्रतितोला मूल्य १ हजार २ सय १५ रहेको छ । भने बुधवार चाँदीको मूल्य १ हजार २ सय ३० रुपैयाँमा कारोवार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?