काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले शानदार जित हात पारेको छ । बुधवार राति भएको समूह चरणको अन्तिम खेलमाइंग्ल्यान्डले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो
खेलको २० औं मिनेटमा राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको २४ औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्यान्डको अग्रता २-० को बनाए । ५४ औं मिनेटमा बिर्किर सेभर्सनले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा आइसल्याण्ड १० खेलाडीमा समेटियो ।

खेलको ८० औं मिनेटमा फोडेनले गोल गर्दा इंग्ल्यान्ड ३-० ले अघि बढ्यो । त्यसपछि खेलको ८६ औं मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई ४-० को सहज जित दिलाए ।
जितसँगै लिग ए समूह बीको इंग्ल्यान्डले ६ खेलमा १० अंक जोड्न सफल रह्यो । आइसल्याण्डले ६ खेलमा अंक जोड्न सकेन् । आइसल्याण्ड यस समूहबाट रेलिगेसनमा परेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया