काठमाडौं । रोमेलु लुकाकु चम्किँदा बेल्जियम यूईएफए नेसन्स लिग फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ । बुधवार राति भएको समूह चरणको अन्तिम खेलमा डेनमार्कलाई ४-२ गोल अन्तरले पराजित गर्दै बेल्जियमले नेसन्स लिगको अन्तिम चारमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा युरी टेलिमान्सले तेस्रो मिनेटमै गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । तर, खेलको १७ औं मिनेटमा डेनमार्कका जोनास विन्डले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।

खेलको ५६ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २-१ को अग्रता दिलाए । ९६ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दा बेल्जियम ३-१ ले अघि बढ्यो ।
खेलको ८६ औं मिनेटमा बेल्जियममा नासिर चाड्लीले आत्मघाती गोल गर्दा खेल ३-२ को अवस्थामा पुग्यो । त्यसपछि खेलको ८७ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै बेल्जियमलाई ४-२ को जित दिलाए ।
जितसँगै लिग ए को समूह बीको बेल्जियमले ६ खेलमा १५ अंक जोडेर प्रतियोगिताको अर्को चरणमा स्थान बनाएको हो । बेल्जियमले अब सेमिफाइनलमा फ्रान्स, इटाली र स्पेनसँग खेल्नेछ । डेनमार्क भने ६ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रह्यो ।
सेमिफाइनलका खेल २०२१ को अक्टोबरमा हुनेछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया