जितसँगै इटाली नेसन्स लिग फुटबलको अन्तिम चारमा

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा इटालीले जित हात पारेको छ । बुधवार राति भएको समूह चरणको अन्तिम खेलमा इटालीले बोस्निया एण्ड हर्जगोबिनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

खेलको २२ औं मिनेटमा बेलोट्टीले गोल गर्दै इटालीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा बेरार्डीले गोल गर्दै इटालीको जित पक्का गरे ।

जितसँगै लिग ए को समूह ए मा रहेको इटालीले नेसन्स लिगको अन्तिम चारमा स्थान पक्का गरेको छ ।

इटालीले ६ खेलमा १२ अंक जोडेको छ । इटालीले अब अन्तिम चारमा फ्रान्स, बेल्जियम र स्पेनसँग खेल्नेछ । अन्तिम चारको खेल २०२१ को अक्टोबरमा हुनेछ ।
२ अंक जोडेर पुछारमा रहेको बोस्निया भने रेलिगेसनमा परेको छ । अर्को वर्ष बोस्नियाले लिग बी खेल्नेछ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?