यो फिल्ममा दैनिक दुई करोड लिँदै अक्षय कुमार

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार धेरै फिल्ममा खेल्ने अभिनेतामा गनिन्छन् । कोरोना भाइरसले पनि उनको गतिलाई रोक्न सकेन ।

उनले मुदस्सर अजीन्जको अपकमिङ कमेडी फिल्ममा साइन गरेका छन् । उनले यो फिल्मका लागि ५० दिनको शूटिङ गर्नेछन् ।

साथै १०० करोड रुपैयाँ यस फिल्मबाट लिनेछन् । उनको फी बाहेक फिल्म ५० करोड रुपैयाँमा तयार भईसक्नेछ । १५० करोड रुपैयाँ फिल्मको कुल बजेट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?