काठमाडौं । नेपाली क्रिकेटका स्टार सन्दीप लामिछानेले होबर्ट हुरिकेन्सबाट अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट खेल्ने भएका छन् ।
होबर्टले बिहीवार सन्दीपलाई अनुबन्धित गरेको जनाएको छ । सन्दीपसँगको सम्झौता रकम भने खुलाईएको छैन ।
सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन् । यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए ।
सन्दीपले यस अघि बीबीएलमा २० खेलमा २६ विकेट लिन सफल भएका छन् । नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट शुरु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया