सत्तारूढ नेकपाभित्र विवाद चलिरहँदा फेरि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेकी छन् । राजदूत होउले मंगलबार बेलुकी बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेकी हुन् ।
नेकपाभित्र द्वन्द्व चर्कंदा उत्तरी छिमेकी राजदूत होउले ओलीसँग लगातार तेस्रोपटक भेट्नुलाई अर्थपूर्ण रूपमा लिइएको छ ।
प्रधानमन्त्री कार्यालयले ओली र होउबीचको भेटबारे केही खुलाएको छैन तर चिनियाँ दूतावासका तृतीय सचिव चाङ सीले राजदूत होउले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेको पुष्टि पारे ।
भेटवार्तामा मिडियामा आएको जस्तो कुनै पनि कुरा नभएको दाबी उनले गरे । ‘राजदूत होउ र प्रधानमन्त्री ओलीबीच तिहारको शुभकामना आदान–प्रदान र कोभिड–१९ नियन्त्रणका लागि भइरहेको कामबारे छलफल भएको थियो,’ उनले भने ।
नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहालबीच द्वन्द्व चर्किएका बेला होउसँग भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि पनि पार्टीमा आन्तरिक द्वन्द्व चर्कंदा होउले राष्ट्रपति विद्यादेवी भण्डारीसहित नेकपाका शीर्ष नेताहरूलाई भेटेर सहजीकरण गरेकी थिइन् । त्यतिबेला ‘चिनियाँ सहजीकरण’ ले नेकपाको फुट रोकियो भनेर टिप्पणी गरिएको थियो । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया