अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अलमलले वाइडबडी विमान खरिद अनियमितता छानबिन अलपत्र परेको छ । अनियमितताको अंक किटान गरी संसद्को सार्वजनिक लेखा समितिले निर्देशन दिएको दुई वर्ष पुग्दासमेत अख्तियारले तथ्यांक संकलन भइरहेको जनाएको छ ।
सार्वजनिक लेखा समितिको प्रश्नको जवाफमा अख्तियारले तथ्य संकलन र त्यसको परीक्षण गर्ने काम भइरहेको जवाफ लेखेको हो । प्रमुख दलका नेताहरूबीचको संरक्षण र मिलेमतोमा भएको खरिद अनियमिततामा अख्तियारसमेत मूकदर्शक बनेको आरोप लाग्दै आएको छ ।
संसद्को सार्वजनिक लेखा समितिले गत असोज ८ गते अख्तियारलाई वाइडबडी र सेक्युरिटी प्रेस खरिद अनियमितताबारे अनुसन्धानको प्रगति विवरण पठाउन निर्देशन दिएको थियो । जवाफमा अख्तियारले लेखा समितिमा ‘अनुसन्धान भइरहेको’ जवाफ लेखेको हो । कान्तिपुरमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया