सकियो मन्त्रीपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठक सकिएको छ । पार्टी फुटको अवस्थामा पुगेका बेला सचिवालय बैठकको समय जुधाएर आकस्मिक रुपमा बोलाइएको बैठक औपचारिकतामै सिमित भएको हो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकसकिए लगत्तै मन्त्रिपरिषद् बैठक बालुवाटारमा बसेको थियो ।

आजको मन्त्रिपरिषद् बैठकमा कुनै महत्वपूर्ण एजेण्डा भने नभएको र केही दैनिक तथा प्रशासनिक विषयमा निर्णय भएको एक मन्त्रिले जानकारी दिएका छन् ।

पार्टीभित्रको विवाद चरमउत्कर्षमा पुगेको बेला प्रधानमन्त्री ओलीले अचानक बुधवार बिहान दिउँसो १ बजेका लागि मन्त्रीपरिषद्को बैठक डाकेका थिए । तर सचिवालयको बैठक पनि दिउँसो १ बजे नै बोलाएपछि बैठक जुधेको भन्दै २ बजेका लागि मन्त्रीपरिषद् बैठक सारिएको थियो ।

कार्यकारी अध्यक्ष प्रचण्डले आफ्नो आलोचना गर्दै प्रस्ताव ल्याएपछि चिढिएका ओली बैठकको पक्षमै थिएनन् भने इतरपक्षमाथि दवाव बढाउन उनले एकाएक क्याबिनेट बैठक बोलाएको हुन सक्ने एक मन्त्रीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?