काठमाडौं । मोरङमा २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने पक्राउ परेका छन् । जहदा गाउँपालिका-५ बस्ने २४ वर्षीय बिशाल सोनार ठाकुरलाई मंगलवार प्रहरीले पक्राउ गरेको हो ।
गत साउन १ गते साँझ ती युवतीलाई ललाई फकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका ठाकुरलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी, विराटनगरबाट खटिएको प्रहरीले रंगेली नगरपालिका-७ मधुवनीबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया