पार्किङ गरेर राखेको मोटरसाइकलमा आगजनी गर्ने पक्राउ

काठमाडौं । पोखरा महानगरपालिका-१७ बिरौटा सिशुनिकेतन मार्गस्थित स्टोर अगाडि पार्किङ गरी राखेको २ थान मोटरसाइकलमा आगजनी गरेको अभियोगमा पोखरा महानगरपालिका-१७ बिरौटा बस्ने १९ वर्षीय दिवश रानाभाटलाई सोमवार प्रहरीले पक्राउ गरेको छ ।

पोखरा बस्ने स्याङ्जा घर भएका ३० वर्षीय सन्तोष अर्यालको स्टोर अगाडि पार्किङ गरी राखेको ग १२ प ८६९८ नम्बर र ग ७ प ९७८८ नम्बरको मोटरसाइकलमा असोज २६ गते राति आगजनी गरी मानिस फरार भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर अपराधिक उपद्रव कसूर अन्तर्गत थप अनुसन्धान भइहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?