तिहार लगत्तै खुलेको शेयर बजारमा दोहोरो अंकको वृद्धि, झन्डै ५ अर्ब बराबरको कारोबार

काठमाडौं । तिहार पर्व सकिए लगत्तै खुलेको बजारमा तिहार अगाडी कै उत्साह कायम देखिएको छ । तिहार पछि पहिलो दिन खुलेको बजार २३.३२ अंकले उकालो लागेको छ । १.३६ प्रतिशतले बढेको बजारमा सेन्सिटिभ इन्डेक्स भने ०.८० अंकले घटेको छ ।

निरन्तर बढिरहेको बजार १७४१.८१ अंकको विन्दुमा बुधवारको कारोबार बन्द भएको छ । समूहगत परिसूचक मध्ये ९ वटा समूहको परिसूचक बढ्दा ३ समूहको परिसूचक भने घटेको छ । बैंक, विकास बैंक र जलविद्युत समूहको परिसूचक घटेको छ भने बाँकि सबै समूहको पसिूचक बढेको छ ।

बुधवारको कारोबारमा ट्रेडिङ समूहको परिसूचकमा सकारात्मक सर्किट लागेको छ । उक्त समूहको परिसूचक ९.९८ प्रतिशतले बढेको छ । त्यस्तै उत्पादन तथा प्रशोधन समूहको परिसूचक ६.९४ प्रतिशतले बढेको छ । जलविद्युत समूहको परिसूचक १.२९ प्रतिशतले घटदा निर्जिवन बीमाको ४.५१ प्रतिशत र जिवन बीमाको ५.१० प्रतिशतले वृद्धि भएको छ ।

बुधवार नेपाल पुर्नबीमा कम्पनीको सर्वाधिक ३३ करोड ६२ लाख ५९ हजार ९ सय २० रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै दोस्रोमा नेपाल दुरसञ्चार कम्पनी लिमिटेडको ३० करोड ८५ लाख ५१ हजार ६ सय ६० रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार ९ कम्पनीको १० करोड भन्दा धेरैको कारोबार भएको छ ।

शेयर संख्याका आधारमा भने बुधवार प्रभु बैंक लिमिटेडको सर्वाधिक ५ लाख ६७ हजार ९ सय ७७ कित्ता शेयरको खरिद बिक्री भएको छ । दोस्रोमा नबिल प्रगती फन्डको ५ लाख ४३ हजार ३ सय ४४ कित्ता शेयरको खरिद बिक्री भएको छ । कारोबार संखयाका आधारमा भने सानिमा जनरन इन्स्योरेनसको ४ हजार ७ सय १८ पटक कारोबार भर्एको छ । दोस्रोमा नेपाल पुर्नबीमा कम्पनीको २ हजार ७ सय ८९ पटक कारोबार भएको छ ।

दोहोरो अंकले बढेको बजारमा ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा गुर्खाज फाइनेन्स लिमिटेड र हिमालयन डिस्टिलयरीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै बुधवार घम्लेदी हाइड्रोपावर लिमिटेडका लागनीकर्ताले सर्वाधिक ५.८० प्रतिशतले गुमाएका छन् । दोस्रोमा युनाईटेड मोदी हाइड्रो पावर लिमिटेडका लगानीकर्ताले ५.७५ प्रतिशतले गुमाएका छन् ।

बुधवार १ सय ९४ कम्पनीको ४३ हजार ६ सय ७३ पटकको कारोबारमा १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता शेयरको खरिदबिक्री हुँदा ४ अर्ब ७९ करोड १० लाख ४१ ६ सय ४८ रुपैयाँ ५२ पैसा बराबरको कारोबार भएको छ ।

दोहोरो अंकले बढेको बजारमा ७२ कम्पनीको शेयर मूल्य बढेको छ भने ८७ कम्पनीको शेयर मूल्य घटेको छ बाँकि १३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?