काठमाडौं । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद गगन थापाले सत्तारुढ दलभित्रको घर झगडाले उब्जाएका प्रश्नहरुको उत्तर दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीमाथि अर्का अध्यक्ष पुष्पकमल दाहालले लगाएका आरोपका विषयमा सडक र सदन दुवैबाट हिसावकिताव मागिने चेतावनी दिए ।
बुधवार प्रधानमन्त्रीलाई एक पत्र लेख्दै सांसद थापाले अध्यक्ष दाहालले ओलीमाथि गत कार्तिक २८ गते बसेको सचिवालय बैठकमा लगाएका आरोपहरु राष्ट्रिय सरोकारका विषय भएकाले जवाफ माग गरेका हुन् ।
कार्तिक २८ गते बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले ओलीमाथि संगिन आरोप लगाउँदै एकल प्रस्ताव दर्ता गराएका थिए ।
“नेकपाको ससंदीय दलले चुनेर प्रधानमन्त्री बन्नुिएको खडगप्रसाद ओलीले स्वच्छ सरकार र सशुासनको कायावदशा विपरीत सरकार चलाउनुभयो, त्यस्तै ‘भ्रष्टाचार, दरुाचार, व्यविचार र कमिसनखोरी’ नियन्त्रण गर्नु पाइला चाल्नकुो सट्टा बाइडबडी विमान खरिद प्रकरण, सुरक्षण छापा खरिद र सञ्चार मन्त्रीको टेप प्रकरण, यति होल्डिङ सँगको अपारदर्शी र शकांस्पद कारोबार, स्वास्थ्य सामाग्री खरिदमा ओम्नी समूहसँग साँठगाँठ र बजेट सार्वजनिक गर्नुपूर्व राख्न पर्ने करको दररेटलाई चुहाएर विद्युतीय सवारी र चकलेट आयातमा अनियमितता जस्तो प्रकरणमा मुछिएकाहरुको प्रतिरक्षा गरेर ओलीले भ्रष्ट्राचारलाई प्रोत्साहन गर्नुभयो ।” अध्यक्ष दाहालले सचिवालय बैठकमा प्रस्तुत गरिएको एकल प्रस्तावमा यी लगायतका आरोपहरु लगाइएको छ ।
प्रचण्डले ओलीमाथि लगाएका आरोपहरु नौला नभएको र यी र यस्ता आरोपहरु सडक र संसदमा उठ्दै आइरहेका आरोपहरु रहेको समेत सांसद थापाले बताएका छन् ।
पत्र पढ्नका लागि तलको लिंक क्लिक गर्नुहोस्
https://drive.google.com/file/d/1F3Pdf3mS5RYDPQszJSGqMaEIN4LwDpGd/view?fbclid=IwAR0Rry5kN0L5XzFcy8MixTJEV9IGGb3zGJqYK9NThoTZ0JktHI7RN8DjO3Y
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया