आजको तस्वीरहरु !

काठमाडौं । देशका विभिन्न स्थानका तस्वीहरु हामीले प्रस्तुत गरेका छौँ ।

घुम्नै पार्ने सांस्कृतिक चोलुङ पार्क
तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित बसन्तपुर बजार क्षेत्रमा निर्माण भएको सांस्कृतिक चोलुङ पार्क । २०७६ पुस ५ गते वरिष्ठ कवि वैरागी काइलाले उद्घाटन गरेको पार्क वसन्तपुरको घुम्नै पर्ने गन्तव्य हो । तस्वीर : विराट अनुपम/रासस
पाक्दै गरेको फापर खेती
बनेपा, ३ मङिसर : काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका १ अनैकोटमा लगाएको फापर खेती । पछिल्लो समयमा किसानले फापरको खेती कम गर्न थालेका छन । तस्वीर : पेमा लामा/रासस
आलु बोरामा प्याक गर्दै
बनेपा, ३ मङसिर : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-३ स्थित सुमाराका बारीमा खनेको आलु बोरामा प्याक गर्दै किसान । तस्वीर : पेमा लामा/रासस
चोभारको टौदह
काठमाडौँ ३ मङसिर : चोभारमा रहेको टौदहमा बुधवार बिहानको दृश्य । मङसिर लागेसँगै उपत्यकामा हुस्सु लागेर चिसो बढेको छ । तस्वीर :रोशन सापकोटा/रासस
मौसम खुलेसँग देखिएको पोखराबजार
पोखरा, ३ मङसिर : पोखरा महानगरपालिका२२ पुम्दीबाट देखिएको पोखरा । मौसम खुलेसँगै यतिबेला पोखराबाट तालतलैया, डाँडाकाँडालगायत पोखरा बजार स्पष्ट देखिएको छ । तस्वीर :राधिका कँडेल/रासस
काठमाडौँ ३ मंसिर : चोभारबाट बुधवार देखिएको काठमाडौं उपत्यका । मंसिर लागेसँगै उपत्यकामा चिसो बढेको छ । तस्वीर :रोशन सापकोटा/रासस
उपत्यकामा चिसो बढदै
काठमाडौँ ३ मङसिर : चोभारबाट बुधवार देखिएको काठमाडौं उपत्यका । मङसिर लागेसँगै उपत्यकामा चिसो बढेको छ । तस्वीर : रोशन सापकोटा/रासस
खस वेशभूषामा नाच्दै युवती
खलङ्गा, ३ मङसिर : जुम्लाको तातोपानी गाउँपालिकाले लाम्रा संवाद गाउँका कुडा कार्यक्रममा खस वेशभूषामा नाच्दै यहाँका युवती । तस्वीर : विजय रावत /रासस
हिमालको मनोरम दृश्य
बनेपा, ३ मंङिसर : काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र धुलिखेलबाट आकाश खुलेपछि देखिएको हिमालको मनोरम दृश्य । शान्त वातावरण, अग्लो ठाउँ भएकाले वरिपरिका दृश्यावलोकन तथा हिमालको दृश्य अवलोकन गर्न धुलिखेल पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्वीर : पेमा लामा/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?