राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी कोरोना संक्रमण मुक्त

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी कोभिड–१९ निको भएर घर फर्कएका छन् । निमोनिया र कोरोना सङ्क्रमण भएपछि गत कात्तिक २५ गते उपचारका लागि मेडिसिटी अस्पताल, ललितपुरमा भर्ना भएका उनी मंङलवार कोरोना मुक्त भएका हुन् ।

अध्यक्ष केसीले आज विज्ञप्ति जारी गरी शुरुमा उपचारमा लाग्ने खर्च पार्टी र शुभचिन्तकको सहयोगमा जुटाउने भनिएकामा पछि नेपाल सरकारले उपचार खर्च व्यहोर्ने निर्णय गरेको उल्लख गर्दै उपचारमा सघाउने स्वास्थ्यकर्मी, आफ्नो पार्टी, शुभचिन्तक र सरकारलाई धन्यवाद दिएका छन् ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?