काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा इटाली बोस्निया एण्ड हर्जगोबिनासँग भिड्दै छ । इटालीले घरेलु मैदानमा बोस्नियासँग खेल्नेछ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।
बोस्नियाविरुद्ध मैदान उत्रदा इटाली जित निकाल्ने लक्ष्यमा हुनेछ । लिग ए को समूह ए मा रहेको इटालीलाई सेमिफाइनल पुग्न जित बाहेक अन्य विकल्प छैन ।
इटाली ५ खेलमा ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बोस्निया २ अंक जोडेर पुछारमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया