यूईएफए नेसन्स लिग : बेल्जियम र डेनमार्क भिड्दै

काठमाडौं । यूईएफए नेसन्स लिग अन्तर्गतको फुटबल खेलमा आज राति बेल्जियम र डेनमार्क भिड्दै छन् ।

बेल्जियमले घरेलु मैदानमा डेनमार्कसँग भिड्ने छ । दुई टिमबीचको खेल नेपाली समय अनुसार राति १:३० बजे शुरु हुनेछ ।

घरेलु मैदानमा बेल्जियम जित निकाल्दै सेमिफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ । लिग ए समूह बी को बेल्जियमले ५ खेलमा १२ अंक जोडेको छ । डेनमार्क ५ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?