युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत परिवर्तन, उपासना पौडेल नियुक्त

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन् । यसअघि उनी सोहि कम्पनीमा डेपुटी प्रमुख कार्यकारी अधिकृत थिइन् ।

रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएर बिदा भएपछि पौडेललाई ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो । भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमास (साउनदेखि असोज मसान्तसम्म) अघिल्लो वर्षको तुलनामा ४४ प्रतिशतले बीमा शुल्क आर्जन बढाएको छ ।

नवनियुक्त कामु प्रमुख कार्यकारी अधिकृत पौडेल दिल्ली युनिभर्सिटीबाट एमबीए हुन्। उनीसँग भारतको आइसीआइसीआइ जनरल इन्स्योरेन्स कम्पनीमा काम गरेको अनुभव छ।

उनी आइसीआइसीआइमा तीन वर्ष काम गरेर चर्चित टेलिकम कम्पनी भोडाफोनमा गएकी थिइन ।

प्रमुख कार्यकारी अधिकृतको परिवर्तनसँगै बुधवार युनाइटेड इन्स्योरेन्सको शेयर मूल्य १ प्रतिशतको हाराहारीले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?