काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका व्यवस्थापक मधुसुदन उपाध्यायलाई कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।
बंगलादेशसँगको दुई मैत्रीपूर्ण फुटबलका लागि ढाकामा रहेका उपाध्यायलाई कोरोना संक्रमण पुष्टि भएका हो । एन्फाका सदस्य रुपेश अधिकारीले व्यवस्थापक उपाध्यायलाई मंगलवार साँझ कोरोना पुष्टि भएको बताए ।
कोरोना पुष्टि भएपछि उपाध्याय बंगबंधु शेख मुजिब मेडिकल अस्पतालको आइसोलेसनमा बसेका छन् ।
बंगलादेश भ्रमणमा रहेको नेपाली टिमले घरेलु टोलिसँग दुई मैत्रीपूर्ण खेल खेलेको छ ।
शुक्रवार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो । मंगलवार भएको दोस्रो खेलमा भने नेपालले गोलरहित बराबरी खेलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया