महालक्ष्मी लाईफ इन्स्योरेन्सको पोलिसी बोनस घोषणा

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले पोलिसी बोनस घोषणा गरेको छ । आर्थिक वर्ष २०७५/७६को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बिमांङ्किय मूल्याङ्कन गरी बीमीतहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ ।

बीमा समितिको पत्रबाट स्वकृति प्राप्त भए बमोजिम कम्पनीले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने महालक्ष्मी सावधिक, महालक्ष्मी सरल र महालक्ष्मी जीवन हेरचार बीमाको २०७५र७६ को लागि न्यूनतम ५० रुपैयाँ प्रतिहजारको दरले बोनस घोषणा गरिएको हो ।

बीमा समितिले हालै जारी गरेको संसोधित बीमाङ्किय मुल्याङ्कन निर्देशिकामा सो अवधि सम्म जारि पोलिसीको विमाङ्किय मुल्याङ्कन गर्दा जारी पोलिसीको अवधि भुक्तानी नभए सम्मको लागि बोनस व्यवस्था गर्नु पर्ने हुन्छ ।

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले नयाँ कम्पनीहरुमा पहिलो पल्ट उक्त व्यवस्था सहितको मुल्याङ्कन गरी बोनस घोषणा गरेको हो । कम्पनीको आगामी विमाङ्किय मुल्याङ्कन नभए सम्मको लागि यही बोनस दरले अन्तरिम बोनस भुक्तानी गरिनेछ ।

बीमा योजना बीमा अवधि बोनस दर

(प्रति हजार बीमाङ्कमा)

महालक्ष्मी सावधिक जीवन बीमा ५ देखि १५ वर्ष रु.५०
१६ देखि २५ वर्ष रु. ५१
२६ देखि ३० वर्ष रु.५२
महालक्ष्मी सरल जीवन बीमा ५ देखि १५ वर्ष रु.५०
१६ देखि २५ वर्ष रु. ५१
२६ देखि ३० वर्ष रु. ५२
महालक्ष्मी जीवन हेरचार बीमा ५ देखि १५ वर्ष रु. ५०
१६ देखि २५ वर्ष रु. ५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?