काठमाडौं । पूर्वमन्त्री एवम् सांसद शेरबहादुर तामाङले पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विचलनप्रति प्रतिकृया जनाएका छन् ।
अध्यक्षद्वयको आन्तरिक विवादका कारण फुटको अवस्थामा पुगेको भनिएको नेकपा नफुट्ने र आफूहरुले फुट्न नदिने बताएका छन् ।
बुधवार सामाजिक सञ्जालमा लेख्दै नेता तामाङले भने, “नेकपा फुट्दैन, फुट्न दिईने छैन ।”
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको टकरावका कारण पार्टी विवादको चरमउत्कर्षमा पुगेको छ ।
पार्टी विवाद चुलिएका बेला कतिपय नेताहरु मिलाउन लागि परेका छन् भने कतिपय नेताहरु मुखै फोरेर दोषारोपणमा देखिएका छन् ।
यसै सन्दर्भमा बोल्दै मन्त्रि समेत रहेका नेकपा स्थायी कमिटि सदस्य योगेश भट्टराई पार्टी एकता सर्वाधिक कठिन समयमा पुगेको बताएका छन् ।
पार्टीभित्रको समस्या समाधान खोज्न आज दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाइएको छ । यसअघि सचिवालय आलटाल गर्दै आएका प्रधानमन्त्री ओलीले १ बजेका लागि नै सचिवालय बैठक बोलाएका थिए । यद्यपी अहिले प्रधानमन्त्री ओलीले १ घण्टा बैठक सारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया