काठमाडौं । फिफा विश्वकप छनोटमा ब्राजिलसँग उरुग्वे स्तब्ध भएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत बुधवार बिहान भएको खेलमा ब्राजिलले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वेको मैदानमा ब्राजिललाई जित दिलाउन अर्थर र रिचार्लीसनले एक एक गोल गरे । खेलको ३४ औं मिनेटमा अर्थरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यस्तै, खेलको ४५ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई २-० को अग्रता दिलाए ।
खेलमा उरुग्वे १० खेलाडीमा समेटिएको थियो ।
यो जितसँगै ब्राजिलले अपराजित यात्रा कायम राखेको छ । छनोटको शीर्ष स्थानमा रहेको ब्राजिलले ४ खेलमा १२ अंक जोडेको छ । उरुग्वे ४ खेलमा ६ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया