कस्तो छ बुधवारको विदेशी मुद्रा विनिमयदर ?

काठमाडौं । तिहार पर्व पछि खुलेको बजारमा बुधवार १ अमेरिकी डलरको खरिददर ११८ पैयाँ ८५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४५ पैसामा कारोबार भइरहेको छ ।

नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार १ यूरोपियन यूरोको खरिददर १४१ रुपैयाँ १६ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८८ पैसा तोकेको छ ।

बुधवार यू.के पाउण्ड स्टर्लीङ १ को खरिददर १५७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५८ रुपैयाँ ३० पैसा निर्धारण गरेको छ ।

नेपाली मुद्रा बजारको सबैभन्दा महङ्गो मुद्रा कुवेती दिनार १ को खरिददर ३८८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३९० रुपैयाँ ५३ पैसा निर्धारण गरेको छ भने बहराईन दिनार १ को खरिददर ३१५ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१६ रुपैयाँ ७७ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?