टिनएजर्स पुस्ताको लभस्टोरीमा बन्यो वेभ सिरिज ‘लभ बर्ड्स’

काठमाडौं । एमडी वर्क्स मिडिया प्रालिको ब्यानरमा वेभ सिरिज ‘लभ बर्ड्स’ सार्वजनिक हुने भएको छ । कम्पनीले सिरिजको टिजर सार्वजनिक गर्दै वेभ सिरिजबारे जानकारी दिएको हो । अभिनेता समेत रहेका मनिस केसीको निर्देशनमा सिरिज बनेको हो ।

निदेशकीय हिसाबले मनिसको यो पहिलो फिल्म हो । ‘पोखरामा थुप्रै कलाकारहरु र फिल्म मेकरहरु छन् । यद्यपी अहिलेसम्म यहीँबाटै वेभ सिरिज निर्माण हुन सकिरहेको थिएन । पोखराबाट पनि वेभ सिरिज सम्भव छ र यसले राष्ट्रियस्तरमा छाप छाड्न सक्छ भन्ने लागेपछि हामीले काम अगाडि बढाएका हौँ ।’ वेभ सिरिजलाई लिएर निर्देशक केसी आशाबादी सुनिए ।

यो वेभ सिरिज सार्वजनिक भएपछि यहाँका अन्य मेकरहरुलाई थप सहज हुने केसीको विश्वास छ । ‘ हामीले गरेको काम पोखराका कलाकारहरु र मेकरहरुले पनि स्थानियरुपमै काम गर्दा त्यसको राम्रो रिजल्ट निस्कन सक्छ भन्ने एकखाले ट्रायल पनि हो ।’ मनिसले भने ।

सार्वजनिक टिजरमा टिनएजर्स पुस्ताको माया देखाउन खोजिएको छ । प्रेम, बिछोड र युवापुस्ताको जिवनशैलीलाई कथानक रुपमा भन्न खोजिएको यो वेभ सिरिज चाँडै नै एमडी वक्र्सको अफिसियल युट्युबमार्फत रिलिज हुने कम्पनीले जनाएको छ ।

सिरिजको टिजरमा अभिषेक गुरुङ र मुस्कान गुरुङलाई फिचर गरिएको छ । र, यो वेभ सिरिजका मुख्य कलाकारहरु पनि यी दुई हुन् । सुनिता केसी र डेजिना लामिछाने केसी सिरिजका लगानीकर्ता हुन् । दिपेश केसीले खिचेको यो सिरिजको संगीत नेत्र गुरुङले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?