१३ चैत्र २०७९, सोमवार

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक वासुदेव मुनालको निधन

२०७४,आश्विन,१३,शुक्रवार ०१:३२

0
Shares

काठमाडौँ, १३ असोज – वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको बिहिबार साँझ ६८ वर्षको उमेरमा भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ ।सुरिलो आवाजबाट रेडियो नेपालको बाल कार्यक्रम सञ्चालन गरेर एक समयमा लोकप्रिय रेडियो प्रस्तोता बनेका मुनाल घाँटीको क्यान्सरबाट पीडित थिए । ११ वर्षअघि उनको लडेर ब्रेन ह्याम्ब्रेजसमेत भएको थियो ।विराटनगरमा २००६ सालमा जन्मिएका उनले रेडियो नेपालबाटै आफ्नो करियर सुरु गरि झण्डै चार दशक रेडियो नेपालमै बिताए ।उनले ‘पानी खाने निउँले तिम्रो घरमा आउँला’, ‘लालुपाते फुलेर लाल भयो’, ‘बाँसुरीको धुनमा मादलुको तालमा’, ‘झमझम इष्टकोट’लगायत दर्जनौ चर्चित गीत गाएका छन् । उनी २०६४ सालमा रेडियो नेपालबाट सेवा निवृत्त भएका थिए ।

प्रकाशित मिति: २०७४,आश्विन,१३,शुक्रवार ०१:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घोडेजात्रा एउटा अत्यन्तै पुरानो जात्राका रुपमा प्राचीन कालदेखिनै काठमाडौ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । प्रत्येक वर्ष चैत्र कृष्णपक्ष औँसीका

संस्कृतिका दृष्टिले वैभवपूर्ण काठमाडौं उपत्यका मन्दिरै–मन्दिर र जात्रै–जात्राको सहर हो । हरेक वर्ष घोडेजात्राको अघिल्लो दिनदेखि तीन दिनसम्म उपत्यकाका नेवार

काठमाडाैं । मुलुकले सङ्घीय गणतन्त्रात्मक व्यवस्थाको अभ्यास गर्न थालेको सात वर्ष पूरा भएको छ । संविधानले सङ्घ, प्रदेश र स्थानीय

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्धेश्यीय प्रा.लिले काठमाडौं महानगरपालिका (कामनपा)लाई तिर्नुपर्ने रोयल्टी (दस्तुर) नतिरेको पाइएको छ

ताजा समाचार

दूधमा प्रतिलिटर १५ रुपैयाँ अनुदान
 २०७९,चैत्र,१३,सोमवार २०:५२
मिटरब्याज पीडितको पक्षमा बोले बालेन
 २०७९,चैत्र,१३,सोमवार १७:५४
बढ्न थाले कोरोना संक्रमित
 २०७९,चैत्र,१३,सोमवार १७:३६