बंगलादेशसँग नेपाल गोलरहित बराबरीमा

काठमाडौं । दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको छ ।

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिष्पर्धामा नेपाल गोलरहित बराबरीमा रोकिएको हो । नेपालले गोल गर्ने थुप्रै अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा बराबरीमै रोकिन पुग्यो ।

खेल समयावधिभर नै नेपालले बंगलादेशलाई दबावमा राखेको थियो ।

गत शुक्रवार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको थियो ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एशियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।

समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?