पर्साबाट करिव पाँच किलो चरेससहित दुई जना पक्राउ

काठमाडौं । पर्सा प्रहरीले सोमबार चार किलो आठ सय ९० ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले वीरगञ्ज महानगरपालिका १६ मितेरीपुल नजिकैबाट वीरगञ्ज महानगरपालिका ३, छप्कैयाका २८ वर्षीय अभिषेक श्रीवास्तव र वडा नं. ५ का २३ वर्षीय धिरज पटेललाई पक्राउ गरेको हो ।

नेपालबाट भारत जाँदै गरेका पैदल यात्रुहरुलाई शंकालगि जाँच गर्ने क्रममा प्रहरीले अभिषेक र धिरजको साथबाट २ किलो ४ सय ४५ का दरले चरेस बरामद गरेको हो ।
उनीहरुलाई आवश्यक कार्वाहीको लागि वडा प्रहरी कार्यालय विर्तामा राखिएको जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?