यूईएफए नेसन्स लिग : फ्रान्स र स्विडेन भिड्दै

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा फ्रान्स र स्विडेन भिड्दै छन् । फ्रान्सले घरेलु मैदानमा स्विडेनको सामना गर्नेछ । फ्रान्स र स्विडेनबीचको खेल्न राति १:३० बजे शुरु हुनेछ ।

लिग ए समूह सीको फ्रान्सले सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । यस अघिको खेलमा पोर्चुगललाई हराएर फ्रान्सले अर्को चरणको यात्रा पक्का गरेको हो ।

यस्तै स्विडेन जित निकाल्दै रेलिगेसनबाट समेत बच्न चाहन्छ । समूह पुछारमा रहेको टिम रेलिगेसनमा पर्ने छ । फ्रान्सको ५ खेलमा १३ अंक रहेको छ ।

स्विडेन ३ अंक जोडेर पुछारमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?