जब अभिनेतालाई माने फ्यानले भगवान, भयो पूजा !

काठमाडौं । बलिउड अभिनेता सोनु सुदलाई उनका फ्यानले पूजा नै गरेको खबर आएको छ । हालै सामाजिक संजालबाट एउटा भिडियो बाहिर आएको छ । जुन भिडियोमा एक व्यक्तिले देवताको तस्विरका साथ अभिनेता सुदको तस्बिर समेत राखेर पूजा गरिरहेका छन् ।

भिडियोमा सोमनाथ श्रीवास्तब नाम भएका ती व्यक्तिले सुदको फोटोका साथ देवताको फोटो राखेर एकसाथ पूजा गरेका हुन् । सोमनाथले भिडियो सार्वजनिक गर्दै अभिनेता सुदलाई समेत ट्याग गरेका छन् ।

सोदुले भने ती फ्यानलाई आफ्नो स्थान त्यो नभएको बताएका छन् । उनले लेखेका छन् ‘मेरो स्थान त्यो होइन । मात्र तपाइको दिलमा हुनुपर्छ ।’ उनी आफ्नो क्षेत्रका साथै सामाजिक कार्यका कारण चर्चामा छन् भने दिनदुखीका लागि उनले धेरैनै सहयोग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?