६३ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं । भैरहवाको भीम अस्पतालमा मंगलवार बिहान ५ बजे एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा पश्चिम नवलपरासीको बर्दघाट वडानम्बर-१२ का ६३ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी डा नारायण पोख्रेलका अनुसार गत कात्तिक २६ गते पीसीआर पोजिटिभ देखिएर अस्पताल भर्ना भएका उनलाई सोमवार राति हृदयघात भएको थियो ।

हृदयघातपछिको उपचारका लागि तयारी गर्दैगर्दा उनको मृत्यु भएको डा पोख्रेलको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?