नेपाल र बंगलादेश भिड्दै

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा आज (मंगलवार) नेपालले बंगलादेशसँग भिड्दै छ ।

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार ४:४५ बजे शुरु हुनेछ ।

पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० गोल अन्तरले पराजित भएको थियो । नेपाल अघिल्लो हारको बदला लिने उदेश्यमा मैदान उत्रने छ ।

यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो ।

कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ ।

समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?