प्रधानमन्त्री ओलीलाई वामदेवको उत्तर : प्रचण्डको प्रस्तावमा म सहमत छु

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आइतवार बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेका छन् ।

प्रधानमन्त्री ओलीसँगको भेटमा उनले सचिवालय बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको प्रस्तावमा आफ्नो पनि योगदान रहेको र त्यसमा आफू सहमत रहेको बताएका हुन् ।

उपाध्यक्ष गौतमले भने, ‘प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव हामी सचिवालयका पाँचैजना कमरेडहरुले मिलेर तयार गरेका हौं, यो प्रस्ताव तयार गर्नमा कम-बेसी मेरो पनि योगदान छ । यो प्रचण्डले पेश गरे पनि यसमा प्रचण्डमात्रै होइन, पाँचैजना संलग्न छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?