यम बरालको स्वरमा ‘तिम्रो लागि जवानी ताजा ताजा छ’ (भिडियोसहित)

काठमाडौं । गायक यम बरालको स्वरमा गायिक उर्मिला लाम्गादेले ‘तिम्रो लागि जवानी ताजा ताजा छ’ गीत सार्वजनिक गरेकी छन् ।

पछिल्लो समय अमेरिका बस्दै आएका गायक यम बराल र उर्मिला लाम्गादेले अमेरिकाबाटै गाएका छन ‘माया हाम्रो बीचैमा साझा साझा छ, तिम्रो लागि जवानी ताजा ताजा छ ।

गायिका लाम्गादेले सो गीत तिहारको लक्ष्मी पुजाको दिनमा अमेरिका र नेपालबाट एकैसाथ सार्वजनिक गरेकी हुन् ।

गीतमा आनन्द अधिकारीको शब्द र शिशिर सन्तोषको संगीत रहेको छ । नायक नाजिर हुसेन र मोडल उषा उप्रेतीको अभिनय रहेको छ ।

पछिल्लो समय अमेरिका बस्दै आउनु भएकी गायिका लाम्गादेले आधा दर्जन संख्यामा गीतहरु सार्वजनिक गर्नुभएको छ, उहाँ पनि हाल अमेरिकामै बस्दै आएकी छन् ।

बरालले गीत निक्कै राम्रो भएको प्रतिक्रिया दिएका छन । बिदेशमा बसेपनि आफुले संगीत र नेपाललाई बिर्सन र छोड्न नसक्ने उनले बताए ।

आफू सांगितिक यात्रामै रहेको र यात्राकै क्रममा उर्मिला लाम्गादेसँग नयाँ कोसेली ल्याएको बरालको भनाई । लाम्गादेले पनि गीत आशा लाग्दो बनेको भन्दै खुुसी व्यक्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?