प्रदेश नं १ मा ६२५ निको, २३१ जना थपिए

विराटनगर । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा छ सय २५ जना सङ्क्रमित निको भई घर फर्केका छन् । उनीहरु विभिन्न अस्पताल र होम आइसोलेशबाट निको भएका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा अहिलेसम्म निको हुनेको सङ्ख्या १७ हजार ७७८ पुगेको छ ।

प्रदेशमा उक्त अवधिमा २३१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।सो अवधिमा गरिएको ७२५ जनाको पिसीआर परीक्षणमा १०५ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

संक्रमित भएकामा झापामा १०३, मोरङमा ८६ मध्ये विराटनगरमा ६३, सुनसरीमा ३३, इलाममा तीन, तेह्रथुममा दुई, उदयपुरमा एक र प्रदेश बाहिरका तीन जना रहेका छन् । प्रदेशमा अहिलेसम्म संक्रमितको सङ्ख्या २३ हजार ६६५ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७८ हजार ७९ जनाको पिसिआर परीक्षण गरिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?