माछापुच्छ्रे बैंकको डिजिटल देउसि, ५० हजार सम्मको उपहार

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले तिहारको अवसरमा डिजिटल देउसि भैलोको आयोजना गरेको छ ।

देउसी भैलोमा सहभागि हुन सहभागिहरुले बैंकको मोबाइल बैंकिङ सेवामा आधारित सन्देश मुलक देउसि भैलो गित भिडियो सहित बनाएर बैंकको आधिकारिक फेसबुक पेजको म्यासेन्जरमा पठाउनुपर्ने छ ।

यसरी प्राप्त भिडियो मध्ये सर्वोत्कृष्ट प्रस्तुतीले लाई ५० हजार प्रदान गरिनेछ । सर्वोत्कृष्ट प्रस्तुती बैंकको निर्णायक समितिले निर्णय गर्ने छ ।

सहभागिहरुले बढिमा ३ मिनेट सम्मको भिडियो यही मङ्सिर १ गते सम्म पठाउनु पर्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?