कोरोना संक्रमित डा केसीको उपचारमा खर्च सरकारले व्यहोर्ने

काठमाडौं । कोरोना संक्रमित डा गोविन्द केसीकोे सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले डा केसीको स्वास्थ्य लाभको कामना गर्दै उपचारको लागि लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने घोषणा गरेका हुन् ।

डा केसीमा शुक्रवार (हिजो) कोरोना संक्रमण पुष्टि भएको हो । उनको हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?