बंगलादेशसँग नेपाल २-० गोल अन्तरले पराजित

काठमाडौं । बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २-० गोल अन्तरले पराजित भएको छ ।

खेल शुरु भएको १० मिनेटमा बंगलादेशका नवाबले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाएका थिए भने दोश्रो हाफको ८० औँ मिनेटमा बंगलादेशले अग्रता दोब्बर पारेर खेल जितेको हो ।

नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा ५ वर्षपछि बंगलादेशसँग हार व्यहोरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?