अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल : पहिलो हाफमा बंगलादेशलाई अग्रता

काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिँदा नेपाल बंगलादेशसँग १-० गोलले पछाडि परेको छ । खेलको १० मिनेटमा बंगलादेशका नवाबले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए ।

नेपाली राष्ट्रिय फुटबल टिमले आज बंगलादेशसँग भिड्दै छ । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गतको खेलमा नेपालले ढाकास्थित बंगबन्धु रंगशालामा बंगलादेशसँग भिडिरहेको छ ।

‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको नेपाल र बंगलादेशबीचको खेल नेपाली अनुसार अपरान्ह ४:४५ बजे शुरु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?