तिहारै आयो, लौ झिलिमिली…

काठमाडौं । तिहारै आयो लौ झिलीमिली, ए सुन हजुर भैलिनी आईन् आँगन । शम्भु प्रधानको २५ वर्षअघिको यो गीत तिहार नजिकै गर्दा टीभि, रेडियो, स्पीकर, मोबाईलमा मात्र नभई गाउँ शहर सबैतिर बज्न थाल्छन् । भन्ने नै हो भने यो गित नसुनि तिहार आए झै लाग्दैन ।

हिन्दु धर्मावलम्बीहरुको दोस्रो ठूलो चाड तिहारमा झिलिमिली बत्तीले काठमाडौं उपत्यका नै धपक्कै बलेको छ । कोरोना कहरकाबीच आएको यसपलिको तिहारमा पहिले झै उत्साह भने छैन । मानिसहरुको अनुहारमा मास्कले ढाकिएको छ । कोरोना जोखिमका कारण सावधानी अपनाउनुपर्ने भएको कारण मानिसहरु हत्तपत्त बजार निस्किएका छैनन् । केहि निस्केको भएतापनि उनीहरुमा त्रास छ । डरैडरमा छन्, उपभोक्ताहरु ।

कतिपय स्थानमा व्यापारीहरुले आफ्नो पसल अगाडी प्लाष्टिकले बेरेर पैसा लिने र सामान दिने सानो प्वाल मात्रै बनाएका छन् । फेस्टिभल अफ लाइटका नामले चिनिने तिहारमा फूल, रङ र बत्तीको झिलिमिलीसँगै खेलिने देउसी भैलीले जोकोहीलाई रोमाञ्चक बनाउँछ ।

गाउँ घरमा खेत बारीमा रोपेको सयपत्री, मखमली लगायतको फूल तिहार आउदा ढकमक्क फुलेको छ । फूलको रंगीचंगीले साँच्चै नै तिहार आएको आभाष हुन्छ । गाउँ नै रमाइलो भएको छ । यतिबेला गाउँको हरेक घर–घरमा फूलको बगैँचा देखिन्छ ।

आज तिहारको तेस्रो दिन घर–घरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिदैँ छ । घर–घरमा विभिन्न बत्तीहरु बालिएका छन्। घर उज्यालो भए लक्ष्मीको बास हुने विश्वाससहित तिहारमा मैनबत्ती, दियो लगायत विभिन्न रङका बत्तीहरू बालिएका छन् । पाँच दिनसम्म मनाइने तिहारको मुख्य विशेषता भनैकै झिलीमिली बत्ती र फूलहरु हुन् ।

हेरौँ काठमाडौंका मुख्य मुख्य ठाँउहरुमा देखिएको तिहारको रौनक : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?