बजारमा बढ्यो तिहारको चहलपहल (फोटोहरु हेर्नुहोस्)

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आएसँगै काठमाडौंका मुख्य मुख्य बजारहरुमा मानिसहरुको चहलपहल बढेको छ ।

काठमाडौंको जमल, असन इन्द्रचोक बिसाल बजार लगायतका बजारहरु तिहारका सरसामान किन्ने मानिसहरुको भरिभराउ देखिन थालेका छन् ।

कोरोना भयावहकाबीच पनि मानिसहरु स्वास्थ्य मापदण्ड अपनाउँदै तिहारका सरसामान किन्न बजार निस्किएका छन् ।

तिहारमा दिदी बहिनी र दाजु भाईलाई दिने उपहार किन्न पसलहरूमा ग्राहकको भीड बढेको छ । प्राय धेरैजसो ढाकाको टोपी र कपडा, फेन्सी, कस्मेटिक लगायतका आवश्यक सामाग्रीहरु खरिद गर्नेहरुको संख्या धेरै रहेको असनका व्यापारी श्यामलाल महर्जनले बताए ।

तिहारमा झिलिमिली बत्तीले काठमाडौं उपत्यका नै धपक्कै बलेको छ । कोरोना कहरकाबीच आएको यसपलिको तिहारमा पहिलेका वर्षजस्तो उत्साह भने छैन ।

फेस्टिभल अफ लाइटका नामले चिनिने तिहारमा फूल, रङ र बत्तीको झिलिमिलीसँगै खेलिने देउसी भैलीले जो कोहीलाई रोमाञ्चक बनाएको छ ।

यस्तो छ बजारमा तिहारको चहलपहल : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?