तिहारको स्वागतमा रानीपोखरी : पुनर्निर्माण पछि यस्तो चहलपहल

काठमाडौं । पुनर्निर्माण गरिएसँगै ऐतिहासिक सम्पदा मध्येको एक रानीपोखरीको सुन्दरताको चर्चा बढ्न थालेको छ । केही महिना अघिसम्म एउटा भग्नावशेष जस्तो देखिने रानीपोखरीको स्वरूप यतिबेला चिटिक्कै भएको छ ।

कञ्चन रानीपोखरीमा दरबार हाईस्कुल, जमल क्षेत्रका उच्च भवनसँगै उत्तरपूर्वमा रहेको घण्टाघरको छवि निकै रमणीय देखिन्छ । यसवर्षको तिहारमा रानीपोखरी र बालगोपालेश्वरको मन्दिर नागरिकका लागि खुला गरिने भएको छ ।

रानीपोखरीको बालगोपालेश्वर मन्दिर हरेक वर्ष भाइटीकाको दिन मात्रै खुल्ने गर्दछ । बालगोपालेश्वर मन्दिरमा चेली नभएका दाजुभाइ र दाजुभाइ नभएका चेलीहरु भेला भएर भाइटीका लगाउने चलन चलिआएको छ । चेली नहुने र माइती नहुनेका लागि एक किसिमको साझा चौतारी हो यो मन्दिर ।  तर वि. सं २०७२ सालदेखि रानीपोखरीलाई तिहार लागेको थिएन । तर अहिले पुनर्निर्माण पछि यसपालिको भाइटीका लागि रानीपोखरी तयारी अवस्थामा छ ।

भाइटीकालाई चिटिक्क अवस्थामा रहेको रानीपोखरी : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?