काठमाडौं । अर्को वर्ष आयोजना हुने युरोकप फुटबलमा सहभागिता जनाउने २४ टिमको टुंगो लागेको छ । बिहीवार राति भएको छनोटको प्लेअफबाट ४ टिमले युरोकपमा स्थान बनाएसँगै २४ टिमको टुंगो लागेको हो ।
कोरोना भाईरसको महामारीको कारण एक वर्ष पछि सरेको युरोकप २०२१ को जुन ११ बाट जुलाई ११ सम्म हुनेछ ।

युरोकप युरोपको विभिन्न देशको १२ शहरमा आयोजना हुनेछ । यूईएफएले युरोकप लण्डन, आम्स्टरडाम, बाकु, बिल्बाओ, बुचारेस्ट, बुडापेस्ट, कोपनहेगन, डुब्लीन, ग्लासगो, म्युनिख, रोम र सेन्ट पिटर्सवर्गमा आयोजना गर्ने तयारी गरेको छ ।
युरोकपको उद्घाटन खेलमा टर्की र इटाली भिड्ने छन् । जुन ११ मा हुने उद्घाटन खेल इटालीको रोममा हुनेछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया