मंगल ग्रहको बारेमा विशेष र रोचक कुरा !

काठमाडौं । ग्रहहरु पनि अनौठा नै छन् । जसलाई बुझ्न हामी असमर्थ छौँ । तर अहिले विज्ञानले केहि सहज बनाइदिएको छ । आज हामी तपाईलाई मंगल ग्रहको बारेमा विशेष र रोचक ७ जानकारी दिनेछौँ । यो ग्रहलाई रातो ग्रह भनेर पनि चिनिन्छ ।

प्रतीकात्मक तस्वीर

किनभने यो रातो देखिन्छ । मंगल ग्रह पनि पृथ्वीको जस्तै एक स्थलीय धरातल ग्रह हो । जहाँ ज्वालामुखीबाट लिएर रेगिस्तान छन् । तर यो ग्रहमामानिस बस्न अहिले सम्म असम्भव रहेको बताइएको छ । पृथ्वी सूर्यको एक परिक्रमा ३६५ दिन र ६ घण्टामा पूरा गर्छ । तर मंगल सूर्यको पूरा परिक्रमा ६८७ दिनमा पूरा गर्छ । यो पृथ्वीको तुलनामा लगभग २ गुणा धेरै हो । त्यसैले मंगलको एक वर्ष ६८७ दिनको हुन्छ ।

प्रतीकात्मक तस्वीर

मंगलमा भूकम्प, चिसो र धुवाँधुलो पृथ्वीको भन्दा केहि गुणा धेरै छ । गर्मीमा त्यहाँको तापक्रम ३० डिग्री सेल्सियस आसपास हुन्छ । तर जाडोमा शून्यबाट घटेर १४० डिग्री सेल्सियससम्म हुन्छ । त्यहाँ मानिस यो चिसोमा भए जमेर पत्थर बन्छ ।

प्रतीकात्मक तस्वीर

मंगल ग्रहमा रहेको एक चिज धर्तीसँग मिल्दोजुल्दो छ । धर्तीको जस्तै मंगल ग्रहमा पनि ४ मौसम आउँछन् । ग्रीष्म, शरद, शीत, वर्षा ।

मंगल ग्रह

पृथ्व र मंगल ग्रहमा गुरुत्वाकर्षण शक्ति फरक फरक छ । त्यसैले धर्तीमा कोहि मानिसको तौल १०० पाउण्ड भएमा मंगलमा ३८ पाउण्ड हुनेछ ।

मंगल ग्रह

पृथ्वीमा मात्रै एउटा चन्द्रमा छ, तर मंगलमा दुई चन्द्रमा छन् । जसको नाम फोबोस र डेमियोस हो । यसमा फोमोसको ब्यास १३.८ मील छ भने डेमियोसको ब्यास ७.८ मील छ ।

सौरमंडल के ग्रह

मंगलमा अर्को पनि एउटा चिज छ, जो पृथ्वीसँग मिल्दोजुल्दो छ । धर्ती र मंगल चार सतहले बनेका छन् ।

मंगल ग्रह

पहिलो प्रोपटी अर्थात् क्रस्ट, जो फलाम जस्तो बेसाल्टिक पत्थ्रले बनेको छ । दोश्रो म्यान्टल, जो सिलिकेट पत्थरले बनेको छ । तेश्रो र चौथो परत बाहिरी कोर र आन्तरिक कोर ।

मंगल र पृथ्वी करिव दुई वर्षमा एकअर्काको नजिक हुन्छन् । यसबेला धर्तीबाट सहजै मंगल ग्रह देख्न सकिन्छ । नासाका अनुसार १३ अक्टोबर २०२० मा मंगल ग्रह धर्तीको सबैभन्दा नजिक आउँछ । यो अब २०२२ मा पृथ्वी नजिक हुनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?