नेपाल लाईफ इन्स्योरेन्सले खडा गर्‍यो ९९ अर्ब बराबरको कोष

काठमाडौं । नेपालको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी नेपाल लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको असोज मसान्तसम्म ९९ अर्ब ३ करोड रुपैयाँ बराबरको कोष बनाउन सफल भएको छ ।

नेपाल लाईफले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा ९४ अर्ब ८२ करोडको जीवन बीमा कोष सहित, महाविपत्ति कोषमा ६० करोड ८० लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ६६ करोड ७२ लाख सहित कूल ९९ अर्ब तीन करोड रुपैयाँको कोष बनाउन सफल भएको छ ।

नेपाल लाईफको खुद बीमा शुल्कसँगै नाफा पनि वृद्धि भएको छ । कम्पनीको प्रति शेयर आम्दानी १६.६७ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १७७.७९ रुपैयाँ रहेको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले १२ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?